logo

२०८३ श्रावण २१ बिहीबार

logo
  • २०८३ श्रावण २१ बिहीबार
  • योगी आदित्यनाथ नेपालमा राजतन्त्र हुनुपर्छ भन्ने पक्षमा छैनन्: कांग्रेस सभापति देउवा

    1KShares
    योगी आदित्यनाथ नेपालमा राजतन्त्र हुनुपर्छ भन्ने पक्षमा छैनन्: कांग्रेस सभापति देउवा

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आफू नेपालमा राजतन्त्र हुनुपर्छ भन्ने पक्षमा नरहेको कुरा दिल्लीका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मासँगको भेटमा भनेको बताएका छन्। यसअघि आफूले गलत सूचनाका कारण मुख्यमन्त्री योगीले उक्त कुरा दिल्लीस्थित नेपाली दूतावासमै आएर बताएको भनी गल्ती बोल्न पुगेको भन्दै देउवाले अभिव्यक्ति सच्याएका हुन्।

    शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सभापति देउवाले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले दिल्लीस्थित नेपाली दूतावासमा नभई दिल्लीका लागि नेपाली राजदूत शर्मासँगको भेटमा बताएको पाइएको जानकारी गराएका हुन्।

    ‘अस्ति मैले बोल्दा गलत सूचनाका आधारमा भारतका उत्तर प्रदेशका मुख्यमन्त्रीको विषयमा बोल्न पुगेछु। त्यसमा भन्न चाहन्छु- उहाँ दिल्लीको राजदूतावासमा आउनुभएको होइन, दिल्लीको राजदूतले उहाँलाई भेट्न जाँदा भएको कुरा हो’, उनले भने, ‘हामी नेपालमा राजाको पक्षमा छैनौँ, यो बेकारको हल्ला हो, मेरो फोटो छापे पनि त्यो होइन भन्नुभएको हो। दूतावासमा आउनुभएको होइन। यो म खण्डन गर्न चाहन्छु।’

    पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा गत फागुन २५ गते राजावादीले काठमाडौँमा निकालेको जुलुसमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर भएको ब्यानर प्रयोग भएपछि गणतन्त्रवादीहरूले व्यापक आलोचना गरेका थिए।

     



    फास्ट न्युज    
  • २०८१ चैत्र ३०, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट