logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • आईपीएलः सुपर ओभरमा राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

    1KShares
    आईपीएलः सुपर ओभरमा राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

    काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई सुपर ओभरमा हराएको छ । दिल्लीले दिएको १८९ रनको लक्ष्य पछ्याएको राजस्थानले ४ विकेट गुमाएर १८८ रन बनाएको थियो ।

    यसअघि दिल्लीको अरुण जेट्ली स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले ५ विकेट गुमाएर १८८ रन बनाएको थियो । दुवै टोलीले १ सय ८८ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा राजस्थानले दिएको १२ रनको लक्ष्य दिल्लीले ४ बलमै पूरा गरेको थियो ।

    सुपर ओभरमा पहिला ब्याटिङ गरेको राजस्थानले ५ बलमा २ विकेट गुमाउँदै ११ रन बनाएको थियो। योसँगै छैटौं खेलमा पाँचौं खेल जितेको दिल्ली १० अङ्कसहित शीर्ष स्थानमा उक्लिएको छ । सातौं खेलमा राजस्थानको यो पाँचौं हार हो । राजस्थान ४ अङ्कसहित आठौं स्थानमा छ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बइ इन्डियन्स र सनराइजर्स हैदराबाद खेल्दैछन् ।



    फास्ट न्युज    
  • २०८२ बैशाख ४, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट