काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अवसरमा शुभसाइतमा टीका, जमरा र प्रसाद ग्रहण गर्दै परिवारसँग दसैँ मनाएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान १० बजेर २६ मिनेटको शुभसाइतमा राष्ट्रपति पौडेलले गुरु–पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन् ।
राष्ट्रपतिले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि टीका र जमरा लगाइदिएका थिए । राष्ट्रपति पौडेलले पारिवारिक जमघटका बीच दसैँको परम्परालाई निरन्तरता दिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
नेपाली समाजमा दसैँको टीका र जमरा परिवारका सदस्यबीच आशीर्वाद, आत्मीयता र सद्भाव साटासाट गर्ने महत्त्वपूर्ण सांस्कृतिक परम्पराका रूपमा रहँदै आएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया