logo

२०८३ कार्तिक ५ बुधबार

logo
  • २०८३ कार्तिक ५ बुधबार
  • आज बडादसैँको महानवमी: सिद्धिदात्री देवीको पूजा गरिँदै, शक्तिपीठहरूमा भक्तजनको भीड

    793Shares
    आज बडादसैँको महानवमी: सिद्धिदात्री देवीको पूजा गरिँदै, शक्तिपीठहरूमा भक्तजनको भीड

    काठमाडौँ — प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ। आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सुरु भएको नवरात्रको आज अन्तिम दिन हो। आजको दिन नवदुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजाआराधना गरिन्छ।
    महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य सम्पन्न गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाउने परम्परा छ।

    महानवमी र पूजा विधिको धार्मिक महत्त्व:
    सिद्धिदात्रीको उपासना: आजको दिन नवदुर्गाकी नवौँ स्वरूप देवी सिद्धिदात्रीको विशेष अनुष्ठान गरिन्छ, जसले भक्तहरूलाई सर्वसिद्धि प्रदान गर्ने धार्मिक विश्वास छ।
    रक्तवीज वधको स्मरण: मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले शक्तिशाली राक्षस रक्तवीजको वध गरेकाले यस पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ।
    बलि र मार हान्ने चलन: दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठहरूमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजाआराधना गरिन्छ। अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने (बली दिने) चलन छ। कतिपय शक्तिपीठमा पञ्चबलि समेत दिइन्छ।

    शाकाहारीको सात्विक बलि: पशुबलि नदिने र शाकाहारीहरूले भने आजको दिन कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलको बलि दिई पायस (खीर) चढाउने गर्दछन्।
    महानवमीका अवसरमा देशभरका प्रमुख शक्तिपीठ र दसैँघरहरूमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्रको पाठ भइरहेको छ भने बिहानैदेखि दर्शनार्थीहरूको ठूलो भीड लागेको छ।



    फास्ट न्युज    
  • २०८३ कार्तिक ४, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट