logo

२०८३ कार्तिक ५ बुधबार

logo
  • २०८३ कार्तिक ५ बुधबार
  • सुनकोशी सुमो दुर्घटना : तीन किशोरीको मृत्यु, चार घाइते; बेपत्ताको खोजी जारी

    811Shares
    सुनकोशी सुमो दुर्घटना : तीन किशोरीको मृत्यु, चार घाइते; बेपत्ताको खोजी जारी

    सिन्धुली। सिन्धुलीको सुनकोशी नदीमा यात्रुवाहक सुमो खस्दा खोटाङका तीन किशोरीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। दुर्घटनामा घाइतेमध्ये सुमो चालकसहित दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि बेपत्ता भएका यात्रुहरूको खोजी कार्य जारी रहेको छ।
    काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको सुमो आइतबार बिहान करिब २ः३० बजे सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट सुनकोशी नदीमा खसेको हो।

    दुर्घटनामा मृत्यु हुनेमा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ की २१ वर्षीया युपना राई र १८ वर्षीया काब्या राई तथा खोटेहाङ गाउँपालिका–६ की १६ वर्षीया स्वस्तिका विक रहेका छन्।
    प्राप्त विवरणअनुसार, दुर्घटनामा घाइते भएका तीन महिलालाई बिहान ७ः४५ बजे गोलन्जोर गाउँपालिकास्थित ग्वालटार आधारभूत अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा चिकित्सकले बिहान ८ बजे उनीहरूलाई मृत घोषणा गरेका थिए। सुरुमा एक जनाको मात्रै पहिचान खुलेकोमा थप दुई जनाको पहिचान आइतबार दिउँसो खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिएका छन्।
    दुर्घटनामा सुमो चालक आशिष विक र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ की ३८ वर्षीया सम्झना राई गम्भीर घाइते भएका छन्। सम्झनाकी १२ वर्षीया छोरी शिवानी राई र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ का १३ वर्षीय अंकित विक पनि घाइते भएका छन्। घाइते शिवानी र अंकित बोल्न सक्ने अवस्थामा रहेको जनाइएको छ।
    दुर्घटनामा घाइते भएका चारै जनालाई थप उपचारका लागि सिन्धुली जिल्ला अस्पताल पठाइएको छ।

    दुर्घटनालगत्तै उद्धार तथा खोजी कार्य सुरु गरिएको थियो। नेपाली सेनाको हेलिकप्टरमार्फत घाइते महिलाको उद्धार गरी काठमाडौँ पुर्‍याइएको नेपाली सेनाले जनाएको छ। साथै, घटनास्थलमा खटिएको उद्धार टोलीले दुर्घटनामा परी बेपत्ता भएका अन्य यात्रुको खोजी कार्य जारी राखेको छ।



    फास्ट न्युज    
  • २०८३ कार्तिक २, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट