logo

२०८३ कार्तिक ५ बुधबार

logo
  • २०८३ कार्तिक ५ बुधबार
  • दसैँमा आज पनि काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा

    709Shares
    दसैँमा आज पनि काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा

    काठमाडौं । बडादसैँको अवसरमा नेपाल प्रहरीले आज पनि काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। आम नागरिकको सहज आवागमन र सुविधालाई ध्यानमा राख्दै प्रहरीले उपत्यकाका तीनवटा रुटमा बस सेवा सञ्चालन गर्न लागेको हो।

    प्रहरीका अनुसार दसैँको अवसरमा हिजो र आज गरी दुई दिन निःशुल्क बस सेवा सञ्चालन गरिएको हो। आज पहिलो सिफ्ट बिहान ८ बजे र दोस्रो सिफ्ट दिउँसो ३ः३० बजेबाट बस सञ्चालन हुनेछ।

    यस्ता छन् निःशुल्क बस सञ्चालन हुने तीन रुट

    रुट नम्बर १: नक्सालबाट सुरु हुने यो रुट बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, कृष्णपाउरोटी र जयनेपाल हल हुँदै पुनः नक्साल पुग्नेछ।

    रुट नम्बर २: नक्सालबाट सुरु हुने यो रुट रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक चोक हुँदै पुनः कोटेश्वर, एयरपोर्ट, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ र बालुवाटार हुँदै नक्साल फर्किनेछ।

    रुट नम्बर ३: नक्सालबाट सुरु हुने यो रुट सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायणगोपाल चोक, चक्रपथ, सुकेधारा, गौशाला, एयरपोर्ट, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी, नयाँ बसपार्क, चक्रपथ र महाराजगन्ज हुँदै पुनः नक्साल फर्किनेछ।

     



    फास्ट न्युज    
  • २०८३ कार्तिक ५, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट