logo

२०८२ जेष्ठ ३२ शनिबार

logo
  • शनिबार, ३२ जेष्ठ २०८२
  • एभरेस्ट महिला भलिबल लिगमा कर्णालीले गण्डकीलाई हरायो

    703Shares
    एभरेस्ट महिला भलिबल लिगमा कर्णालीले गण्डकीलाई हरायो

    काठमाडौं । एभरेस्ट महिला भलिबल लिगमा कर्णाली यश्विसले गण्डकी थन्डर्सलाई हराएको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्ड हलमा आज भएको खेलमा कर्णालीले गण्डकीलाई ३–२ को सेटमा हरायो । पहिलो सेट गण्डकीले २५–१५ ले जित्यो । दोस्रो सेट कर्णालीले २५–२२ ले जित्यो । तेस्रो सेट कर्णालीले २५–१७ ले जित्यो । चौथो सेट गण्डकीले २५–१९ ले जित्यो । पाँचौं सेट कर्णालीले १५–१२ ले जित्यो ।

    प्रतियोगितामा आजै दोस्रो खेलमा काठमाण्डौ स्पाइकर्स र चितवन शक्ति खेल्दैछन् । यस्तै तेस्रो खेलमा ललितपुर क्वीन्स र मधेश युनाइटेड खेल्दैछन् ।नेपालको पहिलो फ्रेन्चाइज भलिबल लिगमा सहभागी ६ टोलीले एकअर्कासँग खेलेपछि अङ्क तालिकाका शीर्ष दुई टोलीले असोज १९ गते फाइनल खेल्नेछन् । प्रतियोगितामा फाइनल बाहेक हरेक दिन तीन खेल हुनेछ ।



    फास्ट न्युज    
  • २०८१ आश्विन १५, मंगलवार १५:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट