खोटाङ । नेपाल सांस्कृतिक महासंघ खोटाङको अध्यक्षमा यजुमान राई निर्वाचित भएकाछन्।
महासंघको आज भएको तेस्रो जिल्ला अधिवेशन बाट यजुमान राईको नेतृत्वमा सर्वसम्मत एक्काइस जनाको कार्यसमिति निर्वाचित भएको छ ।
अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधी पाँच जना र प्रदेश अधिवेशन प्रतिनिधि छ जना सर्वसम्मत निर्वाचित भएको छ। कार्यक्रममा निर्वाचित जिल्ला कार्यसमिती तथा केन्द्रीय तथा प्रदेश अधिवेशन प्रतिनिधीहरूलाई कोशी प्रदेश साँस्कृतिक महासंघका अध्यक्ष एवं बरिस्ठ चलचित्र निर्माता निर्देशक चिरिञ्जिवि बस्नेतले बधाई तथा सफल कार्यकालको शुभकामना दिदै अवको साँस्कृतिक महासंघ सबल र सशक्त हुनुपर्ने बताए ।

नेपाली कांग्रेस खोटाङ जिल्ला सभापति श्री बिष्णु कुमार राईको प्रमुख आतिथ्यतामा केन्द्रीय प्रतिनिधिहरु केन्द्रीय सदस्य बालकृष्ण निरौला, महासंघका कोशी प्रदेश अध्यक्ष चिरीन्जिबी बस्नेत, पुर्व मन्त्री शिव कुमार बस्नेत, दिक्तेल रुपाकोट मजुवागडीका नगर प्रमुख तिर्थराज भट्टराई, नेपाली कांग्रेसका जिल्ला प्रवक्ता, रोजन राई , संगठन विभाग प्रमुख बिष्णुराज राई, महाधिवेशन प्रतिनिधिहरु सुमनबावु आचार्य भिषण राई, नेपाल शिक्षक सघका जिल्ला अध्यक्ष मेजर राई, सचिव राजन खड्का, महासंघका कोशी प्रदेश सह- संयोजक कुमार अनुरागी ,नेपाल सास्कृतिक महासंघ बुद्धशान्ती -झापाका सभापती रोहित नेपाल लगायत नेपाली कांग्रेस खोटाङका नेताहरु, विभिन्न भातृसंघका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितमा जिल्ला अधिनेशन सम्पन्न भएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया