logo

२०८३ भाद्र २८ आईतवार

logo
  • २०८३ भाद्र २८ आईतवार
  • खोटाङ नेबिसंघले प्रारम्भ गर्यो सदस्यता बितरण अभियान

    2.1KShares
    खोटाङ नेबिसंघले प्रारम्भ गर्यो सदस्यता बितरण अभियान

    खोटाङ। खोटाङमा नेपाल बिधार्थी संघको सदस्यता बितरण सुरु भएको छ। नेपाल बिधार्थी संघ केन्द्रीय समितिले राष्ट्र ब्यापी रुपमा सदस्यता बितरण अभियान चलाई रहेको  अवस्थामा हिजो मंगलबार बाट खोटाङले पनि अभियान थालेको हो।
    नेपाली कांग्रेसका नेता एवं जिल्ला प्रवक्ता रोजन राईको प्रमुख आतिथ्यमा नेपाल बिधार्थी संघको केन्द्रीय प्रतिनिधि एवं केन्द्रीय सदस्य हिमराज कटुवालले जिल्ला अध्यक्ष मोतिचन्द्र राईलाई सदस्यता रसिद हस्तान्तरण गर्दै आजै बाट अभियान प्रारम्भ भएको बताउनु भयो। उहाले भन्नुभयो “केन्द्रीय नीति अनुसार आज यहाहरुलाई सदस्यता हस्तान्तरण गरेको छु। कृयाशिल बिधार्थीहरुलाई संगठित गर्नुहोस। कुनै पनि साथिहरुलाई गुट उपगुटको नाममा सदस्यता बाट बञ्चित नगर्नु होला । आजबाटै खोटाङमा सदस्यता वितरणको अभियान प्रारम्भ भएको छ।”


    कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली कांग्रेसका जिल्ला प्रवक्ता रोजन राईले नेबिसंघले नेपालमा लोकतन्त्र स्थापना गर्ने आन्दोलनमा महत्त्वपूर्ण भुमिका खेलेको गौरवपुर्ण ईतिहास रहेको बताउनुभयो । मन्तव्यको क्रममा प्रवक्ता राईले प्रजातन्त्र प्राप्तिको लागि नेबिसंघको जुन महत्त्वपूर्ण भूमिका रह्यो त्यो आन्दोलन र भुमिका प्रति गर्व गर्दै अब नेबिसंघले शैक्षिक सुधारका मुद्दाहरुमा केन्द्रित हुनुपर्ने वताउनु भयो। कार्यक्रममा नेपाली कांग्रेस खोटाङका संगठन बिभाग प्रमुख बिष्णुराज राई, तरुदल केन्द्रीय सदस्य सञ्जय कुामार राई, नेबिसंघ केन्द्रीय सदस्यहरु नइन्द्र राई, रुपन राई, दिरुम नगरका पार्टी सभापति प्रकाश कुमार श्रेष्ठ, नेबिसंघ जिल्ला अध्यक्ष मोतिचन्द्र राई, दिक्तेल बहुमुखी क्याम्पसका अध्यक्ष सोनामहाङ राई, विधार्थी नेता प्रतीक आचार्य रावावेसी गाउँपालिका वडा नं.१ का वडा अध्यक्ष गेहेन्द्र कुमार राई लगायतले कार्यक्रममा आफ्ना धारणा राख्नुभएको थियो।



    फास्ट न्युज    
  • २०८१ पुष ११, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट