logo

२०८३ असार ३ बुधबार

logo
  • २०८३ असार ३ बुधबार
  • रक्तदानसँगै निःशुल्क आँखा शिविर, ६३ जनाले गरे रक्तदान

    904Shares
    रक्तदानसँगै निःशुल्क आँखा शिविर, ६३ जनाले गरे रक्तदान

    काठमाडौं । खोटाङ-हलेसी सेवा समाज काठमाडौंको आयोजनामा सम्पन्न वृहत रक्तदान तथा निःशुल्क आँखा शिविर कार्यक्रममा ६३ जनाले रक्तदान गरेका छन्।
    समाजका महासचिव सुरेन्द्र कटुवालका अनुसार कार्यक्रममा करिब चार सय जनाले आँखा परीक्षण गराएका थिए भने १५५ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो।

    लायन्स क्लब अफ काठमाडौं न्यू ग्रिन सिटी तथा लायन्स क्लब अफ काठमाडौं मिराकल सिटीको सहकार्य र कान्तिपुर अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको कार्यक्रम काठमाडौंको काँडाघारीस्थित अर्किड स्कुलमा सम्पन्न भएको हो।
    कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ आँखारोग विशेषज्ञ डा. छविरमण दाहाल तथा समाजका अध्यक्ष इन्दा थापाले समाजसेवी, सहयोगी संस्था तथा कार्यक्रममा सहकार्य गर्ने विभिन्न संघसंस्थालाई प्रशंसा–पत्र हस्तान्तरण गरेका थिए।

    कार्यक्रमलाई सम्बोधन गर्दै डा. दाहालले खोटाङ–हलेसी सेवा समाजले सञ्चालन गरेको रक्तदान तथा आँखा शिविरजस्ता सामाजिक कार्यको प्रशंसा गर्दै लामो समयपछि आफ्नै जिल्लावासीसँग भेटघाट गर्ने अवसर मिलेकोमा आयोजकप्रति धन्यवाद व्यक्त गरे। उनले यस्ता पुण्य र सामाजिक कार्य उपत्यकामा मात्र नभई खोटाङसहित दुर्गम क्षेत्रमा समेत सञ्चालन गर्न सुझाव दिँदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।


    त्यसैगरी कार्यक्रममा वरिष्ठ अधिवक्ता देवराज कटुवाल, नेपाली कांग्रेस खोटाङका प्रवक्ता रोजन राई, समाजसेवी टंक श्रेष्ठ, उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजु लयालु, सेवा समाजका संस्थापक अध्यक्ष गोविन्द भट्टराई तथा पूर्व अध्यक्ष कर्णराज कटुवालले समाजले विभिन्न समयमा गर्दै आएका सामाजिक कार्यको प्रशंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
    सामाजिक सद्भाव, सहिष्णुता र सदाचारलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रममा खोटाङबासी र स्थानीयवासीको उल्लेख्य सहभागिता रहेकआयोजकले जनाएको छ। तस्बिरहरु:-



    फास्ट न्युज    
  • २०८३ बैशाख २६, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट