logo

२०८२ असार ५ बिहिबार

logo
  • बिहिबार, ५ असार २०८२
  • पहिलो पटक दलित समुदायबाट मुख्य न्यायाधीश, रत्नबहादुर बागचन्द भए सिफारिस

    712Shares
    पहिलो पटक दलित समुदायबाट मुख्य न्यायाधीश, रत्नबहादुर बागचन्द भए सिफारिस

    काठमाडौं । न्याय सेवाको इतिहासमा पहिलो पटक दलित समुदायबाट मुख्य न्यायाधीश नियुक्त भएका छन् । न्याय परिषद्को शुक्रबारको बैठकले रत्नबहादुर बागचन्दलाई मुख्य न्यायाधीश सिफारिश गरेको हो । उच्च अदालत जनकपुरअन्तर्गत अस्थायी इजलास वीरगञ्जमा कार्यरत बागचन्दलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीश सिफारिस गरेको न्याय परिषद् सचिवालयले जनाएको हो ।बैठकले उच्च अदालतका एक जना र जिल्ला अदालतका २१ जना न्यायाधीश सरुवा पनि गरेको छ ।

    बैठकले ३५ जना न्याय, कानून तथा सरकारी वकिल सेवामा कार्यरत उपसचिवसरहका कर्मचारीलाई जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । जसमा न्याय सेवाबाट २५, सरकारी वकिलबाट ६ र कानून सेवाबाट ४ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको हो ।



    फास्ट न्युज    
  • २०८१ श्रावण २५, शुक्रबार १६:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार