logo

२०८३ बैशाख ५ शनिबार

logo
  • २०८३ बैशाख ५ शनिबार
  • चालू आर्थिक वर्षमा ६ सय ६१ जना उद्यमीले स्टार्टअप कर्जा पाउने

    934Shares
    चालू आर्थिक वर्षमा ६ सय ६१ जना उद्यमीले स्टार्टअप कर्जा पाउने

    काठमाण्डौ । चालू आर्थिक वर्षमा ६ सय ६१ जना उद्यमीले स्टार्टअप कर्जा पाउने भएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ६ सय ६१ परियोजनालाई स्टार्टअप कर्जाका लागि सिफारिश गरेको हो । कर्जाका लागि पाँच हजार एक सय ५८ उद्यमीले दर्ता गरेका थिए । त्यसमध्येबाट १ हजार तीन सय १४ उद्यमी परियोजनाको प्रस्तुतीकरण गरेकामा ६ सय ६१ वटा छनोट भएका हुन् ।

    कर्जाका लागि छनोट भएका उद्यमीहरूले ४५ दिनभित्र तोकिएको बैंकको शाखा कार्यालयमा सम्पर्क गर्नुपर्ने हुन्छ । कुन उद्यमी कुन बैंकको कुन शाखामा जाने भन्ने सूचना आउँदो बिहीवारसम्म प्रकाशन गरिने प्रतिष्ठानले निकालेको सूचनामा उल्लेख छ ।

    व्यवसाय दर्ता र नवीकरणको सक्कल प्रमाणपत्र, प्यान र भ्याट दर्ताको सक्कल, उद्यमीको नागरिकताको सक्कल, आर्थिक वर्ष २०८०/८१ को कर चुक्ता प्रमाणपत्र, आधिकारिक व्यक्तिको पासपोर्ट साइजको फोटो, व्यवसायको छाप, परियोजना लिजरभाडामा सञ्चालनमा रहेको भए सम्झौताको प्रतिलिपि तथा व्यवसायको प्रकृतिअनुसार अन्य निकायबाट लिनुपर्ने अनुमति पत्र लिएर तोकिएको बैंक शाखामा जानुपर्नेछ । प्रतिष्ठानले उद्यमीलाई न्यूनतम पाँच लाखदेखि अधिकतम २५ लाख रुपैयाँसम्म कर्जा वितरण गर्नेछ ।



    फास्ट न्युज    
  • २०८२ बैशाख २३, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट