logo

२०८२ माघ ६ मंगलवार

logo
  • २०८२ माघ ६ मंगलवार
  • कोशीका पूर्वमुख्यमन्त्री कार्की अनशनस्थलबाट प्रहरी नियन्त्रणमा, घर पुर्याएर छोडियो

    850Shares
    कोशीका पूर्वमुख्यमन्त्री कार्की अनशनस्थलबाट प्रहरी नियन्त्रणमा, घर पुर्याएर छोडियो

    विराटनगर । निषेधित क्षेत्रमा आमरण अनशनमा बसेका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले उनको घरमा पुर्याएको छ ।

    अनशन स्थलबाट प्रहरीले नियन्त्रणमा लिएर बूढीगंगास्थित टंकीमा रहेको उनको घरमा पुर्याएको हो । प्रहरीले घरमा पुर्याएको भएपनि उनी प्रहरी भ्यानबाट झर्न मानेका छैनन् ।

    मोरङ प्रहरीका अनुसार कार्कीलाई विराटनगर स्थित प्रदेश सभा सचिवालयको गेट नजिकैबाट नियन्त्रणमा लिइएको थियो ।

    उनी निषेधित क्षेत्रमा आजबाबाट अनशनमा बसेका थिए आमरण अनशनमा बसेका उनलाई प्रहरीले बलपूर्वक नियन्त्रणमा लिएको थियो ।



    फास्ट न्युज    
  • २०८१ भाद्र २५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार