logo

२०८३ श्रावण ५ मंगलवार

logo
  • २०८३ श्रावण ५ मंगलवार
  • पूर्वकप्तान सन्दीपलाई एक खेलको प्रतिबन्ध

    1KShares
    पूर्वकप्तान सन्दीपलाई एक खेलको प्रतिबन्ध

    काठमाडौं ।नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेलाई एक खेलको प्रतिबन्ध लगाएको छ।
    क्यानले नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई अनुशासनको कारबाही गरेको हो।

    आचारसंहिताविपरीत कार्य गरेकाले सन्दीपलाई कारबाही गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए।
    ‘सन्दीपले अम्पायरका बारेमा सार्वजनिक रूपमा सामाजिक सञ्जालमा लेखेका थिए। त्यो कुरा खेलाडीसँगको सम्झौताको २.७ मा उल्लेख गरिएको नियमको उल्लंघन भएकाले उनलाई कारबाही गरिएको हो,’–लामाले भने।

    उनका अनुसार सन्दीपले अब क्यानले आयोजना गर्ने कुनै प्रतियोगितामध्ये एक खेल खेल्न पाउने छैनन्। क्यानले उनलाई एक खेलका लागि प्रतिबन्ध लगाउँदै स्पष्टीकरणसमेत सोधेको छ।

    गत साता जनकपुर र वीरगञ्जमा सम्पन्न भएको जय ट्रफी पुरुष इलिट कपका दौरान अम्पायरको निर्णयमा चित्त नबुझको भन्दै सन्दीपले सामाजिक सञ्चालमार्फत आक्रोश पोखेका थिए ।

    सन्दीपले पुस २६ गते सामाजिक सञ्जालमा नेपाली अम्पायरको स्तरमा सुधार हुनुपर्ने उल्लेख गर्दै अम्पायरको गलत निर्णयले धेरै खेलाडीलाई असर पुग्ने भनेर लेखेका थिए। आर्मीविरुद्ध चाँडै खेल सकिएको घोषणा गरेको भन्दै सन्दीपले मैदानमै पनि अम्पायरसँग बहस गरेका थिए।



    फास्ट न्युज    
  • २०८१ माघ ९, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट