logo

२०८३ श्रावण ५ मंगलवार

logo
  • २०८३ श्रावण ५ मंगलवार
  • ‘चलो संसद’ मार्च तनावग्रस्त : सीजेपी संस्थापक अभिजित दीपके पक्राउ, संसद क्षेत्रमा सुरक्षा कडा

    727Shares
    ‘चलो संसद’ मार्च तनावग्रस्त : सीजेपी संस्थापक अभिजित दीपके पक्राउ, संसद क्षेत्रमा सुरक्षा कडा

    नयाँ दिल्ली । ‘चलो संसद’ मार्चका क्रममा भारतको राजधानी नयाँ दिल्लीमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। आन्दोलनको नेतृत्व गरिरहेको ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपकेलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ।

    सीजेपीका प्रवक्ता सौरव दासले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै सबै सांसदलाई तत्काल सडकमा उत्रिएर आन्दोलनरत विद्यार्थीको समर्थन गर्न आह्वान गरेका छन्। उनले शान्तिपूर्ण प्रदर्शनकारीमाथि प्रहरीले लाठीचार्ज र कुटपिट गरेको तथा भीडलाई तितरबितर पार्न बल प्रयोग गरिएको आरोप पनि लगाएका छन्।

    यसअघि अभिजित दीपके र सामाजिक अभियन्ता सोनम वाङचुककी पत्नी गीताञ्जली जे आङमो संसद भवनतर्फ मार्च गर्न अघि बढेका थिए। तर, प्रहरीले उनीहरूलाई बीचमै रोकेको थियो। प्रदर्शनकारीहरूलाई रोक्न सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरी भीड तितरबितर बनाएको दाबी गरिएको छ।

    यता, सीजेपीका अर्का प्रवक्ता आशुतोष रांकासँगै सौरव दासले भारतीय स्वास्थ्यमन्त्री जेपी नड्डालाई उनकै सरकारी निवासमा भेट गरी ज्ञापनपत्र बुझाएको बताएका छन्। भेटका क्रममा मन्त्री नड्डाले आन्दोलनकारीका मागबारे सरकारले छलफल गर्ने आश्वासन दिएको उनीहरूको भनाइ छ।

    यसैबीच प्रदर्शनकारीहरू संसद भवनतर्फ अघि बढ्न थालेपछि सुरक्षा सतर्कता उच्च पारिएको छ। विभिन्न भारतीय सञ्चारमाध्यमहरूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई संसद भवन क्षेत्रबाट सुरक्षा व्यवस्थापनका कारण अन्य सुरक्षित स्थानमा सारिएको बताएका छन्। यद्यपि, यसबारे भारतीय सरकार वा प्रधानमन्त्री कार्यालयबाट औपचारिक पुष्टि भएको छैन।

    दिल्लीका संवेदनशील क्षेत्रमा ठूलो संख्यामा प्रहरी र अर्धसैनिक बल परिचालन गरिएको छ भने संसद भवन आसपासको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ। आन्दोलन र सुरक्षाकर्मीबीचको तनावका कारण राजधानीको जनजीवनसमेत प्रभावित भएको बताइएको छ।



    फास्ट न्युज    
  • २०८३ श्रावण ५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट