logo

२०८३ बैशाख ७ सोमबार

logo
  • २०८३ बैशाख ७ सोमबार
  • गेटवेद्वारा उपाधि रक्षा

    970Shares
    गेटवेद्वारा उपाधि रक्षा

    काठमाडौं, पुस ७ गते । डिफेन्डिङ च्याम्पियन गेटवे एकेडेमीले १७ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।

    मूलपानी मैदानमा भएको फाइनलमा गेटवेले ब्रम्हकुञ्जलाई २–१ गोलअन्तरले पराजित ग¥यो । हाइली क्रिएटिभ तेश्रो भयो । हाइली क्रिएटिभले ओरियन्टललाई ५–१ गोलले सहजै हरायो । शीर्ष चार स्थानमा रहने टिमले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार हात पारे ।

    फेकाद्वारा आयोजित प्रतियोगितामा ओरियन्टलका मनोज राम उत्कृष्ट खेलाडी घोषित भए । डिफेन्समा ब्रम्हकुञ्जका एलेक्स कुँवर, गोलरक्षकमा ब्रम्हकुञ्जका सन्दिप राई, मिडफिल्डमा गेटवेका प्रतीक रायमाझी र प्रशिक्षकमा गेटवेका सुजन नापित उत्कृष्ट चुनिए । ओरियन्टलका रोशन पक्वाल उदीयमान खेलाडी बने भने प्रतियोगिताभर ६ गोल गरेका गेटवेका प्रदिप खत्री सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । कौस्तुभ एकेडेमीले अनुशासित टिमको उपाधि हात पा¥यो ।

    विजेतालाई कागेशवरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, फेकाका अध्यक्ष श्रीराम दाहाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । मंसिर २८ गतेदेखि सुरु प्रतियोगितामा २५ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेको फेकाका सह–सचिव एवं प्रतियोगिता संयोजक राजु दाहालले जनाएका छन् ।



    फास्ट न्युज    
  • २०८१ पुष ७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट