काठमाडौं । शमी साहित्य प्रतिष्ठानले ६ साहित्यकारलाई ‘साहित्य साधना सम्मान’बाट सम्मानित गरेको छ ।
शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि संघीय संसद्का सभामुख देवराज घिमिरेले साहित्यकारहरू कृष्ण गौतम र राप्रउ पोखरेललाई (२०७८), ज्ञान उदास र रामबाबु घिमिरेलाई (२०७९) र प्रेमविनोद नन्दन र कृष्णप्रसाद दाहाललाई (२०८०) सालको साहित्य साधना सम्मान प्रदान गरे ।सर्जकहरूलाई सम्मानका साथ जनही ५० हजार १०१ रुपैयाँ नगद राशि पनि प्रदान गरियो ।
प्रमुख अतिथि घिमिरेले खास चर्चामा आउन नसकेका साहित्यकारहरूको खोजी गरी तिनलाई सम्मानित गर्दै आएकोमा प्रतिष्ठानको प्रशंसा गरे ।
सोही अवसरमा गंगाप्रसाद उप्रेतीको नयाँ संस्मरणसंग्रह ‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरू’ लोकार्पित गरियो ।
© 2024: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd