logo

२०८३ श्रावण १७ आईतवार

logo
  • २०८३ श्रावण १७ आईतवार
  • जेनजी आन्दोलनमा फरार कर्मा तामाङ प्रहरीको गोलीपछि पक्राउ

    730Shares
    जेनजी आन्दोलनमा फरार कर्मा तामाङ प्रहरीको गोलीपछि पक्राउ

    काठमाडौं । जेनजी आन्दोलनका क्रममा फरार भएका कर्मा तामाङलाई प्रहरीले आइतबार बिहान काठमाडौंको बूढानीलकण्ठबाट गोली चलाएर पक्राउ गरेको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार बिहान करिब २ बजेतिर उनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो। प्रहरीका अनुसार तामाङ चोरी तथा लुटपाटका विभिन्न घटनामा संलग्न रहेको आरोपमा खोजी सूचीमा थिए।

    प्रहरीले पक्राउ गर्ने क्रममा तामाङले प्रतिरोध गरेपछि गोली चलाउनुपरेको जनाएको छ। गोली लागेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

    तामाङ यसअघि चोरीसम्बन्धी मुद्दामा पक्राउ परेर कैद भुक्तान गरिरहेका थिए। तर, जेनजी आन्दोलनका क्रममा उनी फरार भएका थिए। त्यसयता प्रहरीले उनको खोजी तीव्र बनाएको थियो।

    प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।



    फास्ट न्युज    
  • २०८३ श्रावण १७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट