logo

२०८३ भाद्र २८ आईतवार

logo
  • २०८३ भाद्र २८ आईतवार
  • तराई-मधेशमा आज हर्षोल्लासपूर्वक होली पर्व मनाइँदै

    1.1KShares
    तराई-मधेशमा आज हर्षोल्लासपूर्वक होली पर्व मनाइँदै

    काठमाडौं । रङहरूको पर्व होली आज तराई–मधेशका जिल्लामा मनाईंदैछ । हिमाली र पहाडी जिल्लामा होली मनाइएको भोलिपल्ट तराइमा होली अर्थात् फागु पर्व मनाउने गरिन्छ ।

    झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत तराइका जिल्लामा होली धुमधामका साथ खेल्ने गरिन्छ । तराईमा होली मनाउने दिन आज सार्वजनिक बिदा छ ।

    आत्मीयता र आफन्तसँग घरभित्रै होली खेल्न, कसैको पनि इच्छाविपरीत रङ नदल्न, लोला हान्ने काम नगर्न, छाला तथा आँखामा असर पर्ने केमिकल रङको प्रयोग नगर्न, जाँडरक्सी नखान, तथा ट्राफिक नियमको पूर्ण रूपमा पालना गर्न सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयको आग्रह छ ।



    फास्ट न्युज    
  • २०८२ फाल्गुन १९, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट