logo

२०८२ मंसिर २८ आईतवार

logo
  • २०८२ मंसिर २८ आईतवार
  • कांग्रेसले भन्यो- दुईवटा नागरिकता भएका संसद्का महासचिव पाण्डेयलाई किन पक्राउ नगरिएकाे ?

    853Shares
    कांग्रेसले भन्यो- दुईवटा नागरिकता भएका संसद्का महासचिव पाण्डेयलाई किन पक्राउ नगरिएकाे ?

    काठमाडौं । नेपाली कांग्रेसले संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकता प्रकरण उठाएको छ । प्रतिनिधिसभामै यो विषय उठाउने तयारी भए पनि सभामुखले बोल्न नदिएपछि बाहिर उठाउनुपरेको कांग्रेसले जनाएको छ ।

    कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पाण्डेयका नाम नलिइ भने, ‘सभामुखको अगलबगलमा, छेउमा बस्ने व्यक्तिको दुईवटा नागरिकता र पासपोर्ट छ भन्ने कुरा सार्वजनिक भएको होइन रु उहाँ पक्राउ पर्नुभएको छ रु मैले नाम बिर्सिएँ । उहाँ गिरफ्तार हुनुभएको छ र रु अहिले भर्खरै मैले हेरेर आएको छु । गृहमन्त्रीको राहदानीको कुरा छ उहाँ पक्राउ पर्नुभएको छ ?’

    उनले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई सहकारी र गिरीबन्धु प्रकरणलाई ओझेलमा पार्नका लागि पक्राउ गरिएको हुँदा आफूहरुले समर्थन गरेको शर्माले बताए । ‘दुईवटा पासपोर्टको विषयमा गिरफ्तारी नगरी गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गरिएको होइन र ?,’ उनले प्रश्न गर्दै भने, ‘कैलाश सिरोहियालाई बदलाका लागि पक्राउ गरिएको हो ।’ संसद्का महासचिव पाण्डेयले दुईवटा नागरिकता र दुईवटा राहदानी लिएको सम्बन्धमा बाह्रखरीसहित विभिन्न मिडियाले समाचार प्रकाशित गर्दै आएका छन् ।



    फास्ट न्युज    
  • २०८१ जेष्ठ ११, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार