logo

२०८१ मंसिर १७ सोमबार

logo
  • सोमबार, १७ मंसिर २०८१
  • बंगलादेशमा सैन्य नेतृत्वको अन्तरिम सरकार गठन हुने

    बंगलादेशमा सैन्य नेतृत्वको अन्तरिम सरकार गठन हुने

    429
    SHARES
    बंगलादेशमा सैन्य नेतृत्वको अन्तरिम सरकार गठन हुने

    काठमाडौं । बंगलादेशका सेनापति वाकर उज-जमानले देशमा सैन्य नेतृत्वको अन्तरिम सरकार गठन हुने बताएका छन् ।



    प्रधानमन्त्री शेख हसिनाले पदबाट राजिनमा दिएर भारतको त्रिपुरा राज्यको राजधानी अगरतलातर्फ गएपछि देशवासीका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    जनरल वकरले प्रदर्शनकारीहरूलाई हिंसा रोक्न पनि आग्रह गरेका छन् । प्रधानमन्त्री शेख हसिनाले देश छाडेकी छन् । हसिना भारतको त्रिपुरा राज्यको राजधानी अगरतलाका लागि उडेकी छन् ।

    गत जुलाईदेखि बढेको हिंसाले उग्र रूप लिएपछि प्रधानमन्त्री हसिना राजिनामा दिएर राजधानी ढाका छाडेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बंगलादेशमा चर्किएको विद्यार्थी आन्दोलन उत्कर्षमा पुगेसँगै पदबाट राजीनामा दिएर उनी भारतीय सहर अगरतलाका लागि उडेकी हुन् ।


    फास्ट न्युज
  • सोमबार, २१ साउन २०८१
  • सम्बन्धित समाचार