logo

२०८२ असार ५ बिहिबार

logo
  • बिहिबार, ५ असार २०८२
  • गाडी दुर्घटनामा हुम्लाको एक गाउँपालिकाका उपाध्यक्षको ज्यान गयो

    715Shares
    गाडी दुर्घटनामा हुम्लाको एक गाउँपालिकाका उपाध्यक्षको ज्यान गयो

    सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको दुर्घटना परेर ज्यान गएको छ । सोमबार सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका-५ एमाले मोडमा दुर्घटना हुँदा उपाध्यक्ष कार्कीको ज्यान गएको हो ।

    ३९ वर्षीया उपाध्यक्ष कार्कीको टाउको र छातीमा गम्भीर चोट लागेकाले दुर्घटना लगत्तै उपचारका लागि नेपालगन्ज मेडिकल कलेज लगिएको थियो । उपचारको क्रममा राति १ बजेर ४५ मिनेटमा उनको निधन भएको सुर्खेत जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।

    उपाध्यक्ष कार्की नेकपा माओवादी केन्द्रको तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकामा गत निर्वाचनमा उपाध्यक्ष निर्वाचित भएका थिए । उनी कर्णाली प्रदेशसभा सदस्य जुम्कीत लामाका श्रीमान्‌ हुन् ।



    फास्ट न्युज    
  • २०८१ भाद्र ४, मंगलवार ०४:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार