काठमाडौं । वरिष्ठ साहित्यकार तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठ मुटुसम्बन्धी समस्याका कारण काठमाडौंस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर मा उपचाररत हुनुहुन्छ।
उहाँको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरी उपचार थालिएको जनाइएको छ। हाल चिकित्सकहरूको निगरानीमा उहाँको उपचार भइरहेको छ।
यसैबीच, साहित्यिक तथा सांस्कृतिक क्षेत्रका व्यक्तित्वहरूले उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। सामाजिक सञ्जालमार्फत शुभेच्छुकहरूले पनि उहाँको स्वास्थ्यमा चाँडै सुधार होस् भन्ने कामना व्यक्त गरिरहेका छन्।
नेपाली साहित्यका प्रतिष्ठित स्रष्टा सरुभक्त श्रेष्ठले कथा, उपन्यास, कविता, नाटक तथा निबन्धका माध्यमबाट नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया