logo

२०८३ जेष्ठ १२ मंगलवार

logo
  • २०८३ जेष्ठ १२ मंगलवार
  • रमेश खनालको ‘युद्धमा बिलाएको सपना’ लोकार्पित

    1.1KShares
    रमेश खनालको ‘युद्धमा बिलाएको सपना’ लोकार्पित

    काठमाडौं ।साहित्यिक पत्रकार संघले आज शनिबार कथाकार रमेश खनालको लघुकथा कृति युद्धमा बिलाएको सपना लोकार्पण गर्‍यो ।

    प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कलाकार के के कर्माचार्य, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, समालोचक प्रा. डा. गोविन्दमान सिंह कार्की, कथाकार किशोर पहाडीले संयुक्त रुपमा कृतिको बिमोचन गरे ।

    लोकार्पित लघुकथा कृतिबारे प्रा.डा. गोविन्दमान सिंह कार्कीले समीक्षा गरेको उक्त कार्यक्रममा साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ र कथाकार किशोर पहाडीले शुभकामना मन्तव्य व्यक्त गरे ।
    साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रममा लोकार्पित कृतिका सर्जक खनाललाई सम्मान पनि गरिएको थियो ।
    कार्यक्रममा प्रमुख अतिथि कर्माचार्य, अध्यक्ष लेकाली र कृतिकार खनालले आआफ्नो मन्तव्य राखेका थिए ।

     



    फास्ट न्युज    
  • २०८१ कार्तिक २५, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट