काठमाडौं । उपन्यासकार नारद पोखरेलको नयाँ औपन्यासिक कृति ‘उर्वरा’ को सार्वजनिकीकरण गरिएको छ । शनिबार काठमाडौंमा नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा अग्रज साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, कथाकार माया ठकुरी लगायतले उक्त कृति लोकार्पण गरे ।
उपन्यासमार्फत लेखकले प्रयोगसहित नयाँ सन्देश दिन खोजेको बताउँदै शर्माले सफलताको शुभकामना दिए । कथाकार ठकुरीले शुभकामना दिँदै एउटा सर्जकले साहित्यका माध्यमबाट आफूलाई अभिव्यक्त गर्ने बताइन् ।
टिप्पणीकार अनुपमा रेग्मीले कुनै पनि उपन्यासलाई महाकाव्य बोकेको विधा भन्न मिल्ने बताइन् । उनले ‘उर्वरा’ आदर्शवादी उपन्यास भएको बताइन् ।
समाजका संरक्षक पवन आलोक, साहित्यकार विधान आचार्य, गीतकार संघका अध्यक्ष वसन्त थापा, माधव विडारीलगायत व्यक्तिले कार्यक्रममा आ आफ्नो विचार राखेका थिए ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd