logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • २०८२ को मंसिर मसान्तसम्म अधिवेशन हुन नसके पार्टी कमजोर हुने: डा.शेखर कोइराला

    1.1KShares
    २०८२ को मंसिर मसान्तसम्म अधिवेशन हुन नसके पार्टी कमजोर हुने: डा.शेखर कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले २०८२ को मंसिर मसान्तसम्म अधिवेशन हुन नसके पार्टी कमजोर हुने बताएका छन् ।

    शुक्रवार नेपाली कांग्रेसले काठमाडौंमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै उनले दुई दलको सरकार बनाउँदा गरिएको सम्झौता कार्यन्वयन नहुँदा जनता निरासा बढेको बताएका हुन् ।

    कांग्रेस मोरङ-काठमाडौं सम्पर्क समितिले बत्तिसपुतलीमा शुक्रबार गरेको अन्तर्क्रियामा बोल्दै कोइरालाले समयमै महाधिवेशन गर्न दबाब दिनुपर्ने बताए।

    उनले नेपाली कांग्रेस अहिलेको समस्या समाधानको लागि मियो बन्नुपर्ने समयमा एमाले, माओवादीको पछि लागेको बताए ।

    आफूहरुले समयमै अधिवेशन हुनुपर्छ भनेर आवाज नउठाए कसैले उठाउन नसक्ने बताउँदै उनले सामाजिक सञ्जालमा २०८२ को मंसिर मसान्तसम्म महाधिवेशन हुनुपर्छ भनेर लेख्न आफू निकट नेता/कार्यकर्ताहरुलाई निर्देशन दिए ।

    यस्तै नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले सामाजिक सञ्जाल विधेयक नागरिकको गोपनियताको हकमा फोकस हुनुपर्ने बताए ।

    यस्तै उक्त विचार गोष्ठीमा बोल्दै नेपाली कांग्रेसका नेता एनपी साउदले सविधान सशोधनको लागि दुई तिहाईको सरकारले पहिले पाइला पनि चाल्न नसकेको बताए ।



    फास्ट न्युज    
  • २०८१ चैत्र ८, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट