logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • पाेखरालाई ८७ रनले हराउँदै एनपीएलमा चितवनकाे दाेस्राे जीत

    1KShares
    पाेखरालाई ८७ रनले हराउँदै एनपीएलमा चितवनकाे दाेस्राे जीत

    काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनाेजले पोखरा एभेन्जर्सलाई ८७ रनले हराएकाे छ । चितवनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको पोखरा १३ ओभर २ बलमा ७४ रनमा अलआउट भयो । पोखराका नारायण जोशीले सबैभन्दा धेरै ३० रन बनाए । चितवनका सोहेल तानभिर, रिजन ढकाल र लुक बेनकेन्स्टेनले ३/३ विकेट लिए ।

    यसअघि कीर्तिपुरकाे त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनायो । चितवनका रवि बोपाराले ५१ रन बनाए । पोखराका विपिन खत्री, बास डे लीड र रेमोन रेफरले २/२ विकेट लिए ।

    प्रतियोगितामा चितवनको यो लगातार दोस्रो जीत हो । चितवनले पहिलो खेलमा हिजो काठमाण्डौ गुर्खाजलाई हराएको थियो । पोखराले भने हारसहित प्रतियोगिताको शुरुआत गरेको छ ।



    फास्ट न्युज    
  • २०८१ मंसिर १८, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट