logo

२०८३ असार ९ मंगलवार

logo
  • २०८३ असार ९ मंगलवार
  • नेपाल -इङ्ल्याण्डसँगको खेलपछि कसले के प्रतिक्रिया दिए ?

    1.1KShares
    नेपाल -इङ्ल्याण्डसँगको खेलपछि कसले के प्रतिक्रिया दिए ?

    काठमाडौं। आईसीसी टी-२० विश्वकपअन्तर्गत इंग्ल्यान्डविरुद्धको रोमाञ्चक खेलपछि नेपालको साहसिक प्रदर्शनको चर्चा गर्दै विश्वभरका प्रतिष्ठित क्रिकेटरले आफ्नो धारणा राखिरहेका छन्।दक्षिण अफ्रिकाका महान खेलाडी डेल स्टेनले भने, ‘नेपाल, यदि कहिल्यै मेरो सेवा आवश्यक परे म तयार छु। माथि र अझै माथि पुग्नुस्।’

    भारतीय क्रिकेटर युवराज सिंहले नेपाललाई ठूलो सम्मान रहेको बताए। ‘नेपाललाई ठूलो सम्मान छ,’ उनले अगाडि लेखे, ‘विश्वका उत्कृष्ट टोलीमध्ये एकसँग प्रतिस्पर्धा गर्दै अन्तिम बलसम्म संघर्ष गर्‍यो र आत्मविश्वास तथा जोशले के गर्न सक्छ भन्ने गरेर देखायो। यसरी नै टोलीहरू अघि बढ्छन् र यसरी नै च्याम्पियनहरू जन्मिन्छन्। क्रिकेट जगत तपाईंहरूलाई हेरिरहेको छ।’

    कमेन्टेटर माइकल भनले भने ‘कति शानदार क्रिकेट खेल ! नेपालका खेलाडीहरूले देखाएको शैली उत्कृष्ट थियो। तर, जित भनेको जित नै हो। इंग्ल्यान्डलाई बधाई।’भारतीय बलर रविचन्द्रन अश्विनले नेपालले उत्कृष्ट प्रदर्शन गरेको बताए। इरफान पठानले इंग्ल्यान्डलाई दबाबमा पारेको देख्दा खुसी लागेको बताए। उनले भने, ‘अन्तिम चरणको प्रदर्शन केही कम रह्यो, तर नेपाल स्पष्ट रूपमा सही बाटोमा अघि बढिरहेको छ। इंग्ल्यान्डलाई दबाबमा पार्न सफल भएको देख्दा राम्रो लाग्यो।’

    त्यस्तै, भारतीय बलर रविचन्द्रन अश्विनले भने ‘नेपालबाट उत्कृष्ट प्रदर्शन।’यसैगरी मुम्बई इन्डियन्स, चेन्नाई सुपर किंग्स, राजस्थान रोयल्स, पन्जाब किंग्स, गुजरात टाइटान्स, रोयल च्यालेन्जर्स बैंगलुरू, कोलकोता नाइट राइडर्स, लखनाऊ सुपर जायन्ट्स लगायतले सामाजिक सञ्जालमार्फत नेपालको प्रशंसा गरेका छन्।
    इंग्ल्यान्डसँगको खेलमा नेपाल ४ रनले स्तब्ध बनेको थियो।



    फास्ट न्युज    
  • २०८२ माघ २६, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट