काठमाडौं। सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले रत्नपार्कमा धर्ना दिएका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज उत्पीडनविरुद्ध अनिश्चितकालीन संघीय राजधानी काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका हुन् ।
सरकारले पटक पटक सम्झौता गर्ने तर पीडितको समस्या समाधान नगर्ने गरेको उनीहरूको गुनासो छ । उनीहरूले लघुवित्त संस्था खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा गर्नुपर्ने, मिटरबाजी तमसुक रद्द गर्नुपर्नेसहितका माग राख्दै काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया