logo

२०८३ आश्विन १७ शनिबार

logo
  • २०८३ आश्विन १७ शनिबार
  • फिफा निलम्बनका कारण नेपालले पहिलोपटक साफ च्याम्पियनसिप गुमाउने

    790Shares
    फिफा निलम्बनका कारण नेपालले पहिलोपटक साफ च्याम्पियनसिप गुमाउने

    काठमाडौँ । फिफाको निलम्बन फुकुवा नभएपछि नेपालले बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिप गुमाउने भएको छ ।

    दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बिहीबार प्रतियोगिताको अन्तिम खेल तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिकामा नेपाललाई समावेश गरिएको छैन ।

    यसअघि साफले सेप्टेम्बर १५ मा प्रारम्भिक खेल तालिका सार्वजनिक गर्दै फिफाको निलम्बन फुकुवा भए नेपाललाई समावेश गरेर तालिका परिमार्जन गर्ने जनाएको थियो । गत अगस्ट १ मा समूह विभाजन सार्वजनिक गर्दा पनि साफले निलम्बन सेप्टेम्बर ३० सम्म फुकुवा हुने अपेक्षा गरेको जनाएको थियो ।

    तर निर्धारित समयसम्म निलम्बन फुकुवा नभएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

    योसँगै नेपालले पहिलोपटक साफ च्याम्पियनसिप गुमाउने भएको छ । सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिपका यसअघिका सबै संस्करणमा नेपाल सहभागी हुँदै आएको थियो । नेपालले प्रतियोगितामा एकपटक उपविजेताको उपाधिसमेत जितेको छ ।

    साफका अनुसार प्रतियोगिता आगामी नोभेम्बर ५ देखि बंगलादेशमा सुरु हुनेछ । समूह चरणका खेल नोभेम्बर ११ सम्म सञ्चालन हुनेछन् । सेमिफाइनल नोभेम्बर १४ र फाइनल नोभेम्बर १७ मा हुनेछ ।



    फास्ट न्युज    
  • २०८३ आश्विन १६, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट