logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • यू-२० महिला एशियन कप छनोट: नेपालले साउदी अरेबियालाई हरायो

    1.2KShares
    यू-२० महिला एशियन कप छनोट: नेपालले साउदी अरेबियालाई हरायो

    काठमाडौं । एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपालले साउदी अरेबियालाई हराएको छ । भुटानको चाङ्लिमिथाङ रङ्गशालामा शुक्रबार भएको खेलमा नेपालले साउदी अरेबियालाई १–० गोलले हरायो ।

    नेपालकी शुक्रिया मियाँले खेलको ९०औं मिनेटमा गोल गरिन् । यसअघि खेलको ३६औं मिनेटमा पाएको पेनाल्टी नेपालले सदुपयोग गर्न सकेन । मीना देउवाले प्रहार गरेको पेनाल्टी बारमा लागेको थियो ।

    प्रतियोगिताको पहिलो खेलमा नेपालले घरेलु टोली भूटानसँग १–१ गोलको बराबरी खेलेको थियो । अब नेपालले समूह चरणको अन्तिम खेलमा आइतवार बलियो टोली उत्तर कोरियासँग खेल्नेछ ।

    ३२ देशको सहभागिता रहेको छनोटमा आठ समूह छन् । हरेक समूहका विजेता आठ टोली तथा उत्कृष्ट तीन उपविजेता टोलीले आउँदो वर्ष थाइल्यान्डमा हुने २० वर्षमुनिको एशिया कपमा स्थान बनाउने छन् ।



    फास्ट न्युज    
  • २०८२ श्रावण २३, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट