logo

२०८३ आश्विन १६ शुक्रबार

logo
  • २०८३ आश्विन १६ शुक्रबार
  • नेप्सेमा सामान्य वृद्धि, ०.२६ अंकले बढेर २५९९.१५ विन्दुमा

    757Shares
    नेप्सेमा सामान्य वृद्धि, ०.२६ अंकले बढेर २५९९.१५ विन्दुमा

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाली शेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ। नेप्से ०.२६ अंकले बढेर २५९९.१५ विन्दुमा पुगेर कारोबार बन्द भएको हो।

    आज ३५३ कम्पनीका १ करोड २० लाख ६५ हजार ५५५ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार ३२५ रुपैयाँ बराबरको कारोबार भएको छ।

    कारोबारमा बैंकिङ, विकास बैंक, वित्त र हाइड्रोपावर समूहबाहेक अधिकांश समूहका शेयरमूल्य घटेका छन्।

    आज सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक १०.११ प्रतिशतले बढेको छ। त्यस्तै कर्पोरेट विकास बैंकको शेयरमूल्य ९.३५ प्रतिशतले बढेको छ।

    यता, सयपत्री हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.६६ प्रतिशतले घटेको छ।

    कारोबार रकमका आधारमा सिद्धार्थ बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको ३० करोड ५३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै अपि पावरको २२ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।



    फास्ट न्युज    
  • २०८३ आश्विन १५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट