logo

२०८३ आश्विन १६ शुक्रबार

logo
  • २०८३ आश्विन १६ शुक्रबार
  • कांग्रेस महाधिवेशनमा पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने चेतावनी

    769Shares
    कांग्रेस महाधिवेशनमा पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि पार्टीको हितविपरीतका गतिविधिमा संलग्न हुनेहरूमाथि केन्द्रीय अनुशासन समितिले कारबाही गर्ने चेतावनी दिएको छ ।

    समितिका कार्यवाहक संयोजक रमेश धमलाले पार्टीको नीति, अनुशासन र मर्यादाविपरीतका गतिविधिमा संलग्न नहुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

    समितिले पार्टीका विभिन्न जिम्मेवारीमा रहेका पदाधिकारी, निर्वाचनबाट निर्वाचित प्रतिनिधि तथा साधारण क्रियाशील सदस्यसम्म सबैलाई पार्टीको हित प्रतिकूल हुने कुनै पनि गतिविधिमा संलग्न नहुन सचेत गराएको छ ।

    १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भइसकेपछि पनि केही व्यक्तिहरू कांग्रेसकै नाममा पार्टीविरोधी गतिविधिमा संलग्न रहेको सूचना प्राप्त भएको समितिले जनाएको छ । यस्ता गतिविधिमाथि गम्भीरतापूर्वक निगरानी भइरहेको कार्यवाहक संयोजक धमलाले स्पष्ट पारेका छन् ।

    उनले पार्टीको मर्यादा, नीति र अनुशासनविपरीतका गतिविधि नगर्न आह्वान गर्दै त्यस्ता गतिविधि जारी रहे आवश्यक कारबाही प्रक्रिया अघि बढाउन समिति बाध्य हुने बताएका छन् ।

    यसैबीच, वडा, पालिका र क्षेत्रीय तहका निर्वाचन प्रक्रियामा उत्साहजनक सहभागिता जनाएकोमा समितिले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गरेको छ ।



    फास्ट न्युज    
  • २०८३ आश्विन १५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट