logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • कांग्रेस भातृ संस्थाको महाधिवेशन गर्ने मुडमा देखियो, किसोर सिंह राठौर नेबिसंघको निर्देशक समिति संयोजक

    925Shares
    कांग्रेस भातृ संस्थाको महाधिवेशन गर्ने मुडमा देखियो, किसोर सिंह राठौर नेबिसंघको निर्देशक समिति संयोजक

              काठमाडौं । लामो समय सम्म तदर्थवाद वाट चलेको नेपाली कांग्रेसको भातृ संगठनहरु अव अधिवेशन उन्मुख भएको छ।
    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रातृ संस्थाको महाधिवेशन २०८१ चैत मसान्तसम्ममा अनिवार्य रुपमा सम्पन्न गराउन महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरेका छन् ।

    कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम पार्टी भ्रातृ संस्था नेपाल महिला संघ, नेपाल तरूण दल र नेपाल विद्यार्थी संघको महाधिवेशन २०८१ चैत मसान्सम्ममा अनिवार्य रुपमा सम्पन्न गर्न गराउन केन्द्रीय निर्देशन समिति गठन गरेको कार्यबाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले बताए ।

    समितिले विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग पुर्‍याई आवश्यक निर्देशन गर्नेछ।
    नेपाल विद्यार्थी संघको निर्देशक समितको संयोजकमा सहमहामन्त्री किशोरसिंह राठौरलाई जिम्मेवारी दिएको छ भने केन्द्रीय सदस्यहरु राजीव ढुंगाना र प्रतिमा गौतम सदस्य रहेका छन। भने नेपाल महिला संघको संयोजक सहमहामन्त्री उमाकान्त चौधरी संयोजक  छन भने केन्द्रीय सदस्यहरु पुष्पा भुसाल र रुक्मिणी कोइराला सदस्य रहेका छन।

    त्यस्तै नेपाल तरुण दलको निर्देशक समितमा अर्का सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ संयोजक रहेको छ भने केन्द्रीय सदस्यद्वय सरिता प्रसाईं र जीतजंग बस्नेतलाई सदस्यको जिम्मेवारी दिइएको छ।



    फास्ट न्युज    
  • २०८१ आश्विन १६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट