logo

२०८२ माघ २५ आईतवार

logo
  • २०८२ माघ २५ आईतवार
  • नेपाल महिला सङ्घका संस्थापक मङ्गलादेवी सिंहको २८औँ स्मृति दिवस मनाइयो

    922Shares
    नेपाल महिला सङ्घका संस्थापक मङ्गलादेवी सिंहको २८औँ स्मृति दिवस मनाइयो

    काठमाडौँ। नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष तथा नेपाली नारी आन्दोलनकी पहिलो महिला नेत्री मङ्गलादेवी सिंहको २८औँ स्मृति दिवस मनाइएको छ । स्मृति दिवसको सन्दर्भमा आज बिहान शोभा भगवती डल्लुमा रहेको सिंहको सालिकमा माल्यार्पण गरी उहाँप्रति श्रद्धासुमन अर्पण गरिएको हो ।
    मङ्गलादेवीका पुत्रसमेत रहनुभएका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सालिकमा माल्यार्पण गर्नुभयो । माल्यार्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री सिंहले नेपाली महिलाको हक, अधिकारका लागि आवाज उठाउने पहिलो महिला मङ्गलादेवी सिंह भएको बताउँदै अहिले संविधानमा रहेको समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मङ्गलादेवीकै नेतृत्वमा भएको आन्दोलनको उपलब्धि भएको बताउनुभयो ।
    कार्यक्रममा कांग्रेस नेत्रीहरू विष्णुमाया पुडासैनी, डिला सङ्ग्रौला प्रतिमा गौतम, बागमती प्रदेशमन्त्री हरिप्रभा खड्गी, सांसद सपनाराज भण्डारीलगायत कांग्रेस नेता कार्यकर्ताको सहभागिता थियो । महिलाको हक, अधिकारलाई सुरक्षित बनाउनका लागि विसं २००४ साउन २४ गते मङ्गलादेवी सिंहको अध्यक्षतामा महिला भेला भई महिला सङ्घको स्थापना भएको थियो । उहाँले महिलाले अंन्हा पाउनुपर्छ भन्दै दिएको दबाबका कारण पद्मशमशेर राणा पद्मकन्या क्याम्पस खोल्न तयार हुनुभएको थियो ।



    फास्ट न्युज    
  • २०८१ भाद्र १०, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट