logo

२०८३ भाद्र १९ शुक्रबार

logo
  • २०८३ भाद्र १९ शुक्रबार
  • काठमाडौंमा अनलाइन सट्टेबाजी नेटवर्क पर्दाफास, मोबाइल बैंकिङबाट झण्डै २ करोड रुपैयाँ कारोबार

    844Shares
    काठमाडौंमा अनलाइन सट्टेबाजी नेटवर्क पर्दाफास, मोबाइल बैंकिङबाट झण्डै २ करोड रुपैयाँ कारोबार

    काठमाडौं । काठमाडौंमा सञ्चालन हुँदै आएको अनलाइन सट्टेबाजी (बेटिङ) नेटवर्कमाथि प्रहरीले कारबाही गर्दै चार जनालाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानले उनीहरूले विभिन्न सट्टेबाजी एप र वेबसाइटमार्फत जुवा खेलाउने संगठित गतिविधि सञ्चालन गर्दै मोबाइल बैंकिङमार्फत झण्डै दुई करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गरेको देखाएको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–१ नारायणचौर क्षेत्रमा सञ्चालन भइरहेको उक्त नेटवर्कमाथि छापा मार्दा इन्टरनेट सर्भर, ल्यापटप, मोबाइल फोन, सिमकार्डलगायतका उपकरण बरामद गरिएको हो।

    पक्राउ पर्नेमा कालीकोटका टेकेन्द्र शाही, बर्दियाका विश्व रेग्मी, अजय महतरा तथा बाँकेका आदित्य वाल्मीकी रहेका छन्।

    प्रहरीका अनुसार उनीहरूले विभिन्न अनलाइन सट्टेबाजी एप र वेबसाइट प्रयोग गरेर जुवा खेलाउने कार्य गर्दै आएका थिए। अनुसन्धानका क्रममा उनीहरूको मोबाइल बैंकिङ खातामार्फत १ करोड ९६ लाख ३ हजार ५१९ रुपैयाँ बराबरको कारोबार भएको तथ्य खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

    प्रहरीले बरामद भएका विद्युतीय उपकरण तथा बैंकिङ विवरणको डिजिटल फरेन्सिक परीक्षण गर्दै नेटवर्कमा अन्य व्यक्तिको संलग्नता रहेको वा नरहेको विषयमा समेत अनुसन्धान अघि बढाएको जनाएको छ।

    नेपालमा अनलाइन जुवा तथा सट्टेबाजी कानुनले निषेध गरेको गतिविधि हो। पछिल्ला महिनाहरूमा अनलाइन माध्यमबाट सञ्चालन हुने यस्ता अवैध कारोबार बढ्न थालेपछि प्रहरीले निगरानी र कारबाहीलाई तीव्र बनाएको जनाएको छ।



    फास्ट न्युज    
  • २०८३ श्रावण ४, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट