logo

२०८३ आश्विन १६ शुक्रबार

logo
  • २०८३ आश्विन १६ शुक्रबार
  • देउवा पक्षीय कांग्रेसको वडा अधिवेशन आज, ५६ जिल्लामा निर्वाचन संयोजक खटाइयो

    790Shares
    देउवा पक्षीय कांग्रेसको वडा अधिवेशन आज, ५६ जिल्लामा निर्वाचन संयोजक खटाइयो

    काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन आज (बिहीबार)देखि सुरु गर्ने भएको छ ।

    नेपाली कांग्रेसको संस्थापन पक्षले आगामी असोज १८ गतेदेखि १५औँ महाधिवेशन गर्ने तयारी गरिरहेका बेला देउवा पक्षले पनि समानान्तर रूपमा महाधिवेशन प्रक्रिया अघि बढाएको हो ।

    देउवा पक्षले आफ्नो १५औँ महाधिवेशन आगामी मंसिर २१ देखि २३ गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । सोहीअनुसार असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका तय गरिएको छ ।

    उक्त कार्यतालिकाबारे निर्वाचन आयोगलाई समेत जानकारी गराइसकिएको देउवा पक्षले जनाएको छ ।

    देउवा पक्षका नेता किरणराज पौडेलका अनुसार ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृत पठाइसकिएको छ ।

    यस्तै, आजदेखि सुरु हुने वडा अधिवेशनका लागि ५६ जिल्लामा निर्वाचन संयोजकसमेत खटाइएको देउवा पक्षले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८३ आश्विन १५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट