logo

२०८३ जेष्ठ २९ शुक्रबार

logo
  • २०८३ जेष्ठ २९ शुक्रबार
  • बाबुको हत्या अभियोग छोरा पक्राउ

    1KShares
    बाबुको हत्या अभियोग छोरा पक्राउ

    सिराहा, ९ असोजः आफ्ना बाबुको हत्या अभियोगमा औरही गाउँपालिका–३ खजनपुरका शैलेन्द्रकुमार यादवलाई प्रहरीले हिरासतमा लिएको छ । निजमाथि ६५ वर्षीय पिता भालेश्वर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोग लागेको छ ।

    छोरा शैलेन्द्र र उनकी श्रीमती ३५ वर्षीया रेणुकुमारी यादवले घरायसी विवादका क्रममा बुबामाथि निर्घात कुटपिट गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मुक्तिनाथ सापकोटाले जानकारी दिनुभयो । गम्भीर घाइते उहाँको उपचारार्थ विराटनगरतर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।



    फास्ट न्युज    
  • २०८१ आश्विन ९, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट