काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २६ सयभन्दा तल झरेको छ । अघिल्लो दिनको तुलनामा १२.५० अंक घट्दै नेप्से परिसूचक २५९४ अंकमा झरेको हो । बजार करिब दिनभरजसो ओरालोमा रह्यो ।
कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ३ अर्ब ४९ करोडको कारोबार भएकोमा आज ४ अर्बको भयो । ५६ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो भने ६ को स्थिर रह्यो ।
सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ समूह स्थिर रह्यो । विकास बैंक ०.३४, फाइनान्स ०.७८, होटल तथा पर्यटन ०.८८, हाइड्रोपावर ०.९३, लगानी ०.६५, जीवन बीमा ०.८७, उत्पादन तथा प्रशोधन ०.७२, माइक्रोफाइनान्स ०.२७, निर्जीवन बीमा ०.२९, अन्य ०.४८ तथा व्यापार ०.५९ प्रतिशत घटे ।
दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा स्वस्तिक लघुवित्त र एसवाई प्यानल छन् । त्यस्तै अपर स्याङ्गे हाइड्रोपावरको ४.७० प्रतिशत मूल्य बढ्यो ।
सिटी होटलको मूल्य सबैभन्दा धेरै ६.२६ प्रतिशत घट्यो । श्रीनगर एग्रिटेकको ४.६५ तथा लक्ष्मी लघुवित्तको ४.५५ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा कुमारी बैंक (संस्थापक), ङादी ग्रुप, शिवम् सिमेन्ट, श्रीनगर एग्रिटेक र बुटवल पावर छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया