logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • बाँकेमा वन्यजन्तुबाट क्षति बेहोरेका ३७ परिवारलाई राहत वितरण

    928Shares
    बाँकेमा वन्यजन्तुबाट क्षति बेहोरेका ३७ परिवारलाई राहत वितरण

    बाँके । बाँकेमा वन्यजन्तुबाट मानवीय तथा पशुधनको क्षति बेहोरेका ३७ परिवारलाई राहत प्रदान गरिएको छ । लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराएको रकम बाँकेको एउटा नगरपालिका र तीन वटा गाउँपालिकाका ३७ परिवारलाई राहत स्वरूप प्रदान गरिएको हो । राप्तीसोनारी गाउँपालिकामा ३३ परिवार, खजुरा गाउँपालिकाका एक, बैजनाथका एक र कोहलपुर नगरपालिकाका दुई परिवारलाई क्षतिपूर्ति वितरण गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

    कार्यालयका सिनियर वन डिभिजनल अधिकृत शङ्करप्रसाद गुप्ताले दुई वर्षको अवधिमा वन्यजन्तुबाट मानवीय तथा पशुधनको क्षति भएका ३७ परिवारलाई राहत वितरण गरिएको जानकारी दिनुभयो ।उहाँका अनुसार ३६ पशुधन पीडितलाई नौ लाख १२ हजार पाँच सय र एक मानवीय पीडितलाई १० लाख गरी १९ लाख १२ हजार पाँच सय रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको हो ।

    यसअघि निकुञ्जमार्फत सङ्घीय सरकारले राहत उपलब्ध गराउँदै आएकामा वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० बनेपछि प्रदेश सरकारले डिभिजन वन कार्यालयमार्फत राहत उपलब्ध गराउन थालेको हो ।क्षतिपूर्ति रकमलाई भने दोब्बरसम्म वृद्धि गरेको छ । निर्देशिका अनुसार भैँसी, राँगो वा गोरु, उन्नत जातको गाई, घरपालुवा चौरी, घोडा र खच्चडको मृत्यु भएमा मूल्याङ्कनका आधारमा अधिकतम प्रतिपशु ६० हजार रुपैयाँसम्म दिइने व्यवस्था छ ।

     



    फास्ट न्युज    
  • २०८१ फाल्गुन ६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट