logo

२०८३ जेष्ठ १६ शनिबार

logo
  • २०८३ जेष्ठ १६ शनिबार
  • प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिन्हबाट गरियाे सुशोभित

    1KShares
    प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिन्हबाट गरियाे सुशोभित

    काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक दान बहादुर कार्कीलाई दर्ज्यानी चिन्हबाट सुशोभित गरिएको छ। उनलाई गृहसचिव रामेश्वर दंगालले मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा आईजीपी पदको दर्ज्यानी चिह्न लगाइदिए ।

    कार्कीले बिहीबारदेखि नै प्रहरीको कमाण्ड सम्हाल्दैछन्। ३२ औँ महानिरीक्षक चन्द्रकुबेर खापुङ ३० वर्षे सेवाहदका कारण बुधबार अनिवार्य अवकाशमा गएपछि कार्की महानिरीक्षक बनेका हुन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई महानिरीक्षक बनाएको थियो ।

    उनले बिहीबार नै गृह मन्त्रालयमा गृहसचिव रामेश्वर दंगालबाट दर्ज्यानी चिन्ह ग्रहण गरेकाले दिउँसो प्रहरी हेडर्क्वाटर नक्सालमा पदभार ग्रहण गर्नेछन् ।

    ३३ औँ महानिरीक्षकमा कार्कीले २०८४ चैत १७ सम्म अर्थात् करिब २९ महिना नेपाल प्रहरीको नेतृत्व गर्नेछन्। गत भदौ १९ गतेपछि ६९ दिन नेतृत्व आएका खापुङले जेन-जी आन्दोलनका नाममा भएको विध्वंश र हिंसाको सामना गर्दै बिदा भएका छन् ।

     



    फास्ट न्युज    
  • २०८२ कार्तिक २७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट