काठमाडौं : गत बिहिबारबाट देशभर प्रदर्शनमा आएको फिल्म ‘अञ्जिला’ले सुखद कमाइ गरेको छ। निर्माताले आइतबार सार्वजनिक गरेको कलेक्सन रिपोर्ट अनुसार यो चलचित्रले बिहीबार शुक्रवार र शनिवार गरी तीन दिनमा २ करोड ७ लाख व्यापार गरेको छ।
चलचित्र अञ्जिलाका निर्माता प्रेमकुमार श्रेष्ठले वितरकहरूबाट प्राप्त रिपोर्टका आधारमा यो कलेक्सन रिपोर्ट सार्वजनिक गरिएको जानकारी दिए। मिलन चाम्सले निर्देशक गरेको उक्त बायोपिक फिल्मले यतिखेर पनि दर्शकहरूले राम्रो साथ दिइरहेका छन्।
निर्माता श्रेष्ठले नाफाबाट नेपालको राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापोको घर बनाइदिने घोषणा गरिसकेका छन्। फिल्ममा सुब्बाले भोगेका दुख,संघर्ष र सफलतालाई देखाइएको छ।
फिल्ममा एञ्जिला आफैँ प्रमुख भूमिकामा छिन् भने अभिनेता दयाहाङ राई र अभिनेत्री सृजना सुब्बा उनका बुवाआमाको भूमिकामा छन्। फिल्ममा सुनील थापा, विजय बराल, माओत्से गुरूङ, बुद्धि तामाङ,बेदना राई,सारा राई लगायत कलाकारहरूको अभिनय छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया