logo

२०८३ भाद्र १० बुधबार

logo
  • २०८३ भाद्र १० बुधबार
  • बाढीपीडितको उद्धारमा निजी हेलिकप्टरलाई अनुमति नचाहिने

    757Shares
    बाढीपीडितको उद्धारमा निजी हेलिकप्टरलाई अनुमति नचाहिने

    काठमाडौं । तिब्बतबाट आएको बाढीका कारण रसुवासहित नेपालका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीले भौतिक संरचनामा व्यापक क्षति पुर्‍याउनुका साथै कतिपय स्थानमा मानिसहरू सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेहरूको यकिन विवरण भने अझै प्राप्त हुन सकेको छैन।

    बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र बनाउन सरकारले निजी क्षेत्रका हेलिकप्टरलाई विशेष अनुमति नलिई उद्धार उडान गर्न दिने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइएको हो।

    निर्देशनअनुसार बाढीपीडितको उद्धार तथा राहतका लागि निजी हेलिकप्टरले तत्काल उडान गर्न सक्नेछन्। यसबाट दुर्गम तथा सडक सम्पर्क विच्छेद भएका क्षेत्रमा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।



    फास्ट न्युज    
  • २०८३ भाद्र १०, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट