logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • आज दशैँ टीकाको तेस्रो दिन, आशीर्वाद थाप्ने क्रम जारी

    964Shares
    आज दशैँ टीकाको तेस्रो दिन, आशीर्वाद थाप्ने क्रम जारी

    काठमाडौं । आज दशैँ टीकाको तेस्रो तथा आश्विनशुक्ल द्वादशीका दिन मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप दशैँको टीका र जमरासहित आशीर्वाद थाप्ने क्रम जारी रहेको छ ।

    घटस्थापनाका दिनदेखि नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।

    पहिलो दिन मान्यजनकहाँ जान नपाएकाहरू पूर्णिमाका दिनसम्म पुगेर टीका र आशीर्वाद लिने गर्दछन् ।

    पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिनमात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीयरुपमा नै उल्लेख गरिएको छ ।



    फास्ट न्युज    
  • २०८१ आश्विन २८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट