logo

२०८३ श्रावण १० आईतवार

logo
  • २०८३ श्रावण १० आईतवार
  • लिङ्देनले भने- माओवादीले भिजिट भिसा प्रकरणमा नाटक गरेर अहिले आत्मसमर्पण गर्याे

    1.1KShares
    लिङ्देनले भने- माओवादीले भिजिट भिसा प्रकरणमा नाटक गरेर अहिले आत्मसमर्पण गर्याे

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रमुख प्रतिपक्ष दल माओवादीले भिजिट भिसा प्रकरणमा नाटक गरेर अहिले आत्मसमर्पण गरेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विपक्षी दलको नेताले वीरतापूर्वक आत्मसमर्पण गरेको सुन्न आएको बताए ।

    अध्यक्ष लिङदेनले भने, ‘यो हुने नै यही थियो, उहाँले भन्नुभयो गणतन्त्रको रक्षाको लागि, तर लुटतन्त्रको लागि यो सहमति भएको आमजनताले बुझेका छन् ।’उनले राजनीतिक क्षेत्रको सहभागिताविना भिजिट भिसा प्रकरणमा त्यत्रो भ्रष्टाचार हुनै नसक्ने बताए । लिङदेनले गृहमन्त्रीको नैतिकताको विषयमात्रै नभई सिङ्गो देशको इज्जत र प्रतिष्ठाको विषय भएको बताए ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ३०, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट