काठमाडौँ — अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको नयाँ पुरुष एकदिवसीय विश्व वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । मर्सिङ खेल र प्रतिस्पर्धी टोलीहरूको नतिजासँगै नेपाल १७औँ स्थानबाट उक्लिएर १६औँ स्थानमा पुगेको हो |
नयाँ तालिकाअनुसार नेपालले ३३ खेलबाट ९३९ अङ्क र २८ रेटिङ प्राप्त गरेको छ । यो सुधारसँगै नेपालले एसोसिएट प्रतिद्वन्द्वी नामिबिया (१७औँ स्थान) लाई पछि पारेको छ भने नेपालभन्दा एक स्थान अघि संयुक्त राज्य अमेरिका (१५औँ स्थान) रहेको छ |
एकदिवसीय तर्फको विश्व वरीयतामा भारत शीर्ष स्थानमा कायम छ। त्यस्तै न्युजिल्यान्ड दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा छन् भने अस्ट्रेलिया चौथो र पाकिस्तान पाँचौँ स्थानमा रहेका छन् |
टी–२० मा १४औँ स्थान सुरक्षित
एकदिवसीयमा सुधार गरेको नेपालले छोटो फर्म्याट अर्थात् टी–२० अन्तर्राष्ट्रिय वरीयतामा पनि आफ्नो बलियो उपस्थिति कायम राखेको छ । आइसिसीको पछिल्लो टी–२० वरीयतामा नेपाल ४४ खेलबाट ७,९६८ अङ्क र १८१ रेटिङका साथ १४औँ स्थानमा रहन सफल भएको छ |
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया