logo

२०८३ बैशाख २४ बिहीबार

logo
  • २०८३ बैशाख २४ बिहीबार
  • भारतको दिल्लीमा मोदी नेतृत्वको पार्टीलाई बहुमत, २७ वर्षपछि सरकारमा

    1.1KShares
    भारतको दिल्लीमा मोदी नेतृत्वको पार्टीलाई बहुमत, २७ वर्षपछि सरकारमा

    दिल्ली । भारतको संघीय राजधानीसमेत रहेको दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा)ले बहुमत प्राप्त गरेको छ । बुधवार सम्पन्न मतदानको मतगणनाअनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाले बहुमत प्राप्त गरेको हो । ७० मध्ये भाजपासहितको गठबन्धनले ४७ सीट जितेको छ । अझै एक सीटमा अगाडि छ ।

    यस्तै अहिलेका मुख्यमन्त्री अरविन्द केजरीवालको पार्टी आम आद्मी पार्टीले २१ सीटमा जीत हासिल गरेको छ । दिल्लीमा सरकार बनाउन ३६ सिट जित्नुपर्छ । कंग्रेस आईले कुनै पनि सिटमा जीत हासिल गर्न सकेन । दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल नै यसपालि पराजित हुनुभएको छ । उहाँलाई भाजपाका प्रवेश शाहिब सिंह वर्माले पराजित गर्नुभयो ।

    केजरीवाल यस अघि लागतार दुई पटक दिल्लीको मुख्यमन्त्री बन्नुभएको थियो । केजरीवाल जाँडरक्सी बिक्रीसम्बन्धी नीतिमा घोटाला गरेको अभियोगमा गत मार्च २१ मा पक्राउ पर्नुभएको थियो । त्यसले नागरिकहरू दिल्लीमा मोदी र भाजपालाई हेर्ने दृष्टीकोण नकारात्मक हुने र यसले कंग्रेस र आम आद्मीलाई चुनाव जिताउने विश्लेषण थियो । तर नजिता उल्टो आयो । केजरीवालले भारतीय जनता पार्टीलाई बधाई दिनुभएको छ । प्रधामनमन्त्री नरेन्द्र मोदीले दिल्लीमा विकास र शुसासनको जीत भएको प्रतिक्रिया दिनुभएको छ । २७ वर्षपछि भारतीय जनता पार्टीको नेतृत्वमा सरकार बन्ने भएको हो ।



    फास्ट न्युज    
  • २०८१ माघ २६, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट