logo

२०८३ जेष्ठ १६ शनिबार

logo
  • २०८३ जेष्ठ १६ शनिबार
  • कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि, न्यूनतम ४० हजार

    886Shares
    कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि, न्यूनतम ४० हजार

    काठमाडौं । सरकारले महँगी भत्तालाई निरन्तरता दिँदै तलबमानमा २१ प्रतिशत बृद्धि गर्ने निर्णय गरेको छ । कर्मचारीको न्यूनतम तलब ४० हजार कायम गर्ने निर्णय गरेको छ ।

    अर्थमन्त्री डा. स्वर्णिम बाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेट संसदको संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गर्नुहुँदै सो कुरा बताउनुभएको हो । साउन १ गतेदेखि नयाँ तलबमान लागू हुने उहाँले बताउनुभयो ।

    कर्मचारीले हाल खाइपाइ आएको पारिश्रममा २१ प्रतिशत वृद्धि गरी ग्रेडसहित न्यूनतम तलब करिब ४० हजारदेखि १ लाख रुपियाँ माथि कायम हुने अर्थमन्त्रीले बताउनुभयो । अर्थमन्त्री डा. वाग्लेका अनुसार आधारभूत तलबमानमा १० प्रतिशत बृद्धि, कार्यसम्पादनको आधारमा १० प्रतिशत र ग्रेडका आधारमा गरी कुल २१ प्रतिशतले तलब बढ्नेछ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ १५, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट