काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार बल्खुमा आमसभा गर्ने भएको छ। भृकुटीमण्डपमा आमसभा गर्न अनुमति माग गरे पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल शिक्षक महासंघ लगायतले माइतीघर-बबरमहल क्षेत्रमा आन्दोलन जारी राखेको भन्दै राप्रपालाई बल्खु वा सिफल चौरमा कार्यक्रम गर्न भनेको थियो।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारीअनुसार राप्रपाले बागमती प्रदेशस्तरीय प्रदर्शन र आमसभा मंगलबार बल्खुमा गर्ने तय भएको छ। प्रशासनले सुरक्षा कारण देखाउँदै भृकुटीमण्डपमा कार्यक्रम गर्न अनुमति नदिएपछि स्थान परिवर्तन गर्नुपरेको उनले बताए।
राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वमा रहेको आन्दोलन परिचालन मूल समितिले नै राजसंस्था पुनर्स्थापनालगायत एजेन्डामा आन्दोलन गर्ने निर्णय गरेको थियो।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया