सिन्धुली, साउन १८ — रामेछाप, सिन्धुली र ओखलढुङ्गाको सिमाना नजिक लिखु खोलाको संगम क्षेत्रमा पर्ने सुनकोशी नदीमा यात्रुसहितको कार खसेको छ।
प्रारम्भिक जानकारीअनुसार मध्यपहाडी राजमार्गअन्तर्गत निर्माण कार्यमा खटिएका कन्ट्रयाक्टरसहित सवार कारलाई बसले ठक्कर दिएपछि कार नदीमा खसेको हो।
फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालका अनुसार कारमा चार जना सवार रहेको प्रारम्भिक सूचना प्राप्त भएको छ। उनी स्वयं घटनास्थलतर्फ जाँदै रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख (एसपी) रवीन्द्रबहादुर सिंहले फिक्कल गाउँपालिका–२ नवलपुरबाट कार सुनकोशी नदीमा खसेको सूचना प्राप्त भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तत्काल घटनास्थलतर्फ परिचालन गरिएको जानकारी दिए।
उनका अनुसार कारमा कति जना सवार थिए भन्ने विषय अझै यकिन भइसकेको छैन। प्रहरीले प्राप्त गरेको प्रारम्भिक सूचनाअनुसार बसको ठक्करपछि कार नदीमा खसेको हो।
घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया